धनगढी विमानस्थलबाट विदेश बस्ने केटासँग भाग्दै गरेकी महिला पक्राउ, दुबईबाट आजै आएका थिए !

धनगढी : धनगढी विमानस्थलबाट परपुरूषसँग भाग्दै गरेकाे अवस्थामा कैलालीकि एक महिला पक्राउ परेकी छन् ।

लम्कीचुहा नगरपालिका-८ बस्ने अन्दाजी ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक राेजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन् ।

Dengue

उनी श्रीएयरलाइन्सको दिउँसो १  बजेर ५ मिनेटकाे फ्लाइटमा उड्ने तयारीमा थिइन् । तर बाेडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि साेधपुछ गर्दा महिला अर्कै पुरूषसँग काठमाडौं गइरहेको खुलेकाे प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं लगिरहेकाे अवस्थामा सुनसरी घर भएर हाल दुबईमा राेजगारी गर्दै आएका अन्दाजी ३५ वर्षकै सुलेमान मनसुरीलाई पनि धनगढी विमानस्थलबाटै पक्राउ गरिएको छ ।

प्रहरी स्रोतकाअनुसार उनी महिलालाई लैजाने दुबईबाट शुक्रबार नै आएका थिए । आफ्नो घर समेत नगएर साेझै धनगढी आएका थिए । उनीसँग भाग्दै गरेका महिलाका ८ र ११ वर्षका दुई छाेरा रहेका छन्। पक्राउ परेका दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालयकाे महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार