हिम पहिरोले ४ घर र एक होटल बगायो !

काठमाडौँ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीले ठुलो भौतिक क्षति  पुर्‍याएको छ । बाढीले केही निजी घर पर्यटकीय होटलरु बगाएको छ । 

हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन  हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल  बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घर रहेकोमा अहिले सबै घरमा मानिस भए नभएको स्पष्ट नभएको प्रहरीले जनाएको छ । 

Dengue

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार