गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु

धनगढी : कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ।

अहिलेसम्म ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालले शुक्रवारदेखि बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिएको हो। इन्डोर सेवा सुरू भएसँगै ओपिडीमा आएका बिरामीको भर्ना गरेर उपचार हुने भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। उनले ओपिडीमा आउने बिरामी भर्ना गर्न महिला र पुरुष वार्ड सञ्चालनमा ल्याएको बताए।

Galaxy

अस्पतालमा महिला र पुरुष बिरामीलाई अलगअलग वार्डमा राखेर उपचार गरिने छ। गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरू भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरू गर्ने भएको छ।

भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। ‘भदौबाट बिरामी भर्ना गरेर उपचार गर्ने तयारी थालिएको छ। अस्पतालमा अत्याधुनिक उपकरणबाट मेमोग्राफी सेवा पनि चलाउने तयारी गरेका छौँ’, कार्कीले भने।

गेटा अस्पतालमा आइपिडी सेवा मात्रै सञ्चालन भएसँगै तीन सय शय्यामा अस्पताल चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ। मन्त्रालयले स्वीकृत दिने बित्तिकै तीन सय शय्यामा अस्पताल चलाउने तयारी थालिएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशनमा गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्न सुरू गरिएको छ। अस्पतालमा २४ सैं घण्टा प्रयोगशाला र फार्मेसी सेवा समेत सञ्चालन हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

9%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार