विपिन जोशीको रिहाइका लागि सरकारलाई दबाब सिर्जना गर्न कञ्चनपुरका विद्यार्थी हस्ताक्षर संकलन अभियान

 धनगढी : हमासको कब्जामा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटिको आयोजनामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो । अभियानकै क्रममा आज बिहानैदेखि कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको हस्ताक्षर गरिरहेको अनेरास्ववियुका कञ्चनपुर जिल्ला केन्द्रीय क्याम्पस इन्चार्ज दीपक अवस्थीले बताए ।

Dengue

‘विपिन आतंकवादी हमास समूहको नियन्त्रणमा १० महिना भन्दा बढी भइसक्यो, अहिलेसम्म उनको अवस्था अज्ञात छ’ इन्चार्ज अवस्थीले भने, ‘अहिलेसम्म सरकारले प्रभावकारी पहल गर्न सकेको छैन, सरकारलाई विपिनको आतंकवादी समूहबाट रिहाइको लागि थप दबाब दिन हस्ताक्षर संकलन अभियान सुरुगरिएको हो ।

अनेरास्ववियु सुदूरपश्चिम कमिटिले कञ्चनपुर मात्र नभई प्रदेशका ९ वटै जिल्लाभरि हस्ताक्षर अभियान सुरु गरिएको इन्चार्ज अवस्थीले बताए । हस्ताक्षर संकलन गरेपछि प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्रसहित सङ्कलित हस्ताक्षर बुझाइने छ ।

विपिनसहित सुप विश्वविद्यालयको टीकापुरस्थित कृषि तथा विज्ञान सङ्कायबाट गत वर्ष २० असोज २०८० मा ‘लर्न एण्ड अर्न कार्यक्रम’ अन्तर्गत ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले नेपाली विद्यार्थीहरू बसेको बंकरभित्रै पसेर आक्रमण गरेका थिए । हमासकोआक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार