५३ औं वार्षिक उत्सबमा सहित्यिक पत्रकार संघद्वारा अभिनन्दन

काठमाडौं : सहित्यिक पत्रकारहरुको जेठो संस्था ‘साहित्यिक पत्रकार संघ’ले विविध कार्यक्रम सहित आफ्नो ५३ औँ स्थापना दिवस काठमाडौंमा मनाएको छ । सो अवसरमा प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक समारोहबीच विभिन्न साहित्यकार तथा कलाकारलाई अभिनन्दन एवम् पुरस्कृत गरेको छ ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के. कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको

Dengue

प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ५३ औं वार्षिक उत्सब समारोहमा साहित्यमा लामो योगदान दिएको भन्दै साहित्यकारहरू तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, रामबाबु सुवेदी र डा.दुबसु क्षेत्री र प्रथम चलचित्र आमाकी अर्की मुख्य अभिनेत्री वसुन्धरा भुसाललाई अभिनन्दित गरेको छ ।

यस्तै कार्यक्रममा सर्जकहरूमा देवीभक्त श्रेष्ठ, सविता श्रेष्ठ ‘बेहोसी’ र बाबुराम श्रेष्ठलाई साहित्यिक पत्रकार योगदानसम्मानबाट सम्मानित गरियो । अग्रज कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले सो सम्मान तथा अभिनन्दन अर्पण गरे ।

सोही समारोहमा व्यथित काव्य सम्मानबाट मणि लोहनी र व्यथित काव्य डायस्पोरा सम्मानबाट सुरेन उप्रेतीलाई सम्मानित गरियो । कार्यक्रममा यसपटक लोकप्रिया पुरस्कारबाट लीलादेवी श्रेष्ठ पुरस्कृत भईन् । श्रेष्ठले लोकप्रिया पुरस्कारसँगै १० हजार रुपैयाँ र ताम्रपत्र प्राप्त गरिन् । यो पुरस्कार रकम पुरस्कारका संस्थापक शशि रिमालले हस्तान्तरण गरिन् । कार्यक्रममा समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूको परिचयसहित उनीहरुको साहित्यिक योगदान’bout प्रकाश पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको स्थापनाकालदेखि अहिलेसम्मको अबस्था’bout प्रकाश पारे । साहित्यकार बि.पि.कोइरालालाई अभिनन्दन गरेर थालनी गरिएको अभिनन्दन प्रथालाई आजसम्म पनि निरन्तता दिन पाउँदा खुसी लागेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार