सवारी दुर्घटनामा पार्वतीको मृत्यु, बिरबल मृत फेला

धनगढी : कैलालीको धनगढीमा सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्को स्थानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

बिहीबार बिहान ८ बजेको समयमा कैलारी गाउँपालिका ५, बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ऐलानी २ निवासी ५५ वर्षीया पार्वती चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भइन्।

SHIKHAR COOL TECH

उपचारका लागि निसर्ग अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरे। दुर्घटनामा संलग्न मोटरसाइकल चालक, ४० वर्षीय हरी प्रसाद चौधरी, पनि घाइते भएका छन् र उनको निसर्ग अस्पतालमै उपचार भइरहेको छ।

उक्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

यस्तै, कैलालीकै घोडाघोडी नगरपालिका ३, जुरपानीस्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडि भित्री सडकमा ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय सुखडले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार