चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा

काठमाण्डौ : चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले स्थगित गरिएको थियो ।

निर्देशक लक्ष्मण सुनारले निर्देशन गरेको यो चलचित्रले कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठाएको छ । सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका यो चलचित्रले पहिलो प्रदर्शनका समयमा प्रर्याप्त शो नपाएपछि प्रदर्शन रोकिएको थियो ।

Dengue

निर्माण टोलीले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउनका लागि दर्शकहरूको चासोलाई मध्यनजर गर्दै र चलचित्रलाई फेरबदल गरेर पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ । अभिनेता तथा निर्माता विराज विष्टले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने क्रममा यसअघि देखिएका कमजोरीहरूलाई सुधार गरेर दर्शकहरूको लागि अझ राम्रो बनाइएको बताउनु भयो ।

चलचित्र को निर्माण छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले गरेको हो । निर्माता टोपेन्द्र विष्ट रहेको चलचित्रमा राजबहादुर सानेले कथा र पटकथा लेख्नु भएको हो। शिव ढकालले छायांकन गरेको यस चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट प्रालि र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

चलचित्रमा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार