बैतडीको पञ्चेश्वरमा जारी यु–१९ क्रिकेट प्रतियोगित : ३ टिम बाहिरिए !

बैतडी : पञ्चेश्वरमा सञ्चालित यु–१९ क्रिकेट प्रतियोगिता जारी छ। यहि श्रावण ३० गतेबाट सञ्चालन भएको प्रतियोगितामा भदो १ गतेसम्म सञ्चालन हुने आयोजक कमिटी सदस्य बिरेन्द्र भट्टले जानकारी दिए।

प्रतियोगितामा १५ टिम सहभागि भएका छन। प्रतियोगिता सञ्चालनको तेस्रो दिनको बिहानसम्म ३ टिम बाहिरिएका छन। ओझागाँउ मेलौली, शिवनाथ एनवाईसी र सैलोडाको टिम बाहिरिएका छन।

Dengue

गौरा पर्वको अवशरमा सञ्चालन भएको प्रतियोगिता पञ्चेश्वर गाँउपालिका–०४ को केदारमाण्डु पोखरालेक खेल मैदानमा सञ्चालन भईरहेको छ। प्रतियोगिताको बिजेताले ९ हजार र उपबिजेताले ५ हजार पाउने आयोजक कमिटीले जनाएको छ।

खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको आयोजक कमिटीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार