सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस, ४५ औं प्रधानसेनापति बन्दै सिग्देल

काठमाडौं : नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाने भएपछि साउन २४ गतेदेखि बिदामा बसेका छन्।

त्यसपछि सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ। सिग्देल नेपाली सेनाको इतिहासमा ४५ औं प्रधानसेनापति हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार