मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको बिहीवार मृत्यु भएको हो। चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन्।

SHIKHAR COOL TECH

उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल चालक कैलारी गाउँपालिका–७ बस्ने ४० वर्षीय हरीप्रसाद चौधरी घाईते भएको प्रहरीले जनाएको छ।

घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेका छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार