सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो !

सिन्धुली : सिन्धुलीमा बिहीवार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

 गालेन्जोर गाउँपालिका –६ नाकाजोलीका ३५ वर्षका पवन मस्राङ्गीको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए । दुर्घटनामा नाकाजोलीका ४२ वर्षका पृथ्वी बहादुर भुजेल र सोही ठाउँकै ४५ वर्षका उदय मस्राङ्गी मगरको घटनास्थलमै मृत्यु भएको थियो । उदय गोलन्जोर गाउँपालिका –६ का निर्वाचित वडा सदस्य हुन् ।

Dengue

 गोलन्जोर गाउँपालिका ६ नाकाजोलीबाट सिन्धुलीमाडी आउँदै गरेको बा २० च ८२८३ नम्बरको डबलक्याप बोलेरो बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –२ चियाबारी नजिकै घुम्तीमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये चार जना नाकाजोलीकै २२ वर्षका उदय लुङ्गेली मगर, १७ वर्षका मेनुका मगर, ३७ वर्षका हिमाल परियार र ३२ वर्षका टिका जंग राई (हायु)लाई थप उपचारको लागि धुलिखेल पठाइएको छ ।

नाकाजोलीकै १८ वर्षका जिना श्रेष्ठ, ४७ वर्षका धनमाया वाईबा, २४ वर्षका लीला मगर, २२ वर्षका समिना मगर, १९ वर्षका बन्दना कोईराला, ५६ वर्षका राजन प्रसाद कोईराला र  कमलामाई नगरपालिका – ५ का ७८ वर्षका डम्मर कुमारी कार्कीको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार