धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।
प्रदेशसभाको बैठकमा आज भएकाे मत विभाजनमा उनकाे पक्षमा ३६ मत परेकाेले विश्वासकाे मत पास भएकाे सभामुख भीम बहादुर भण्डारीले घाेषणा गरे । ५३ सदस्यीय प्रदेश सभा रहेकाे सुदूरपश्चिममा आजकाे बैठकमा ४५ जना उपस्थित रहेकाेमा ८ मत विपक्षमा र १ मत तटस्थ रहेकाे थियाे ।
मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसदले मत दिएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले विपक्षमा मत हालेका थिए । यस्तै स्वतन्त्र सांसद डा तारा जाेशीले पक्ष विपक्षमा नरही तटस्थ रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्