युरोपियन सुपर कपको उपाधि रियल मड्रिडले जित्यो !

काठमाडौं : युरोपियन सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति पोल्याण्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो।

रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले एक–एक गोल गरेका थिए। एम्बाप्पे रियलमा आएपछि उनको यो डेब्यु गोल हो। उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियलमा आएका हुन्।

Dengue

खेलको ५९औँ मिनेटमा रियलका लागि भाल्भर्डेले सुरुवाती गोल गरेका थिए। यस्तै, ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० गोलले जिताएका हुन्।

योसँगै युरोपियन सुपर कपमा रियाल मड्रिडको कीर्तिमानी छैटौँ उपाधि भएको छ। रियाल मड्रिडले गत सिजनमा च्याम्पियन्स लिग र ला लिगाको उपाधि समेत जितेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार