देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडाै : देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो । 

कुटपिटबाट मृत्यु भएका इश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

Dengue

स्थानीयका अनुसार कुमाल दम्पति दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँहका तीन छोरी एक छोरा छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार