एमपक्स रोगबाट बच्न डब्ल्यूएचओको आग्रह

काठमाडौं : अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।

एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ ।

Dengue

वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिन्छ ।एमपक्स व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ ।

यो रोगका लक्षणमा अचानक ज्वरो आउने, टाउको, शरीर, घाँटी दुख्ने, घाँटी र बंगारामुनि ग्रन्थी बढ्ने, अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्तांग र शरीरका अरू भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पिप जम्ने समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ ।यो रोगबाट पीडित १०० मध्ये चारजनाको मृत्यु हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार