गायिका सज्नुको नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

काठमाडौँ : गायिका सज्नु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । 

गीतकार सुमन वैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’ मा सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले साथ दिएकी छन् । गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । 

Dengue

दुर्गा पौडेलको छायाङ्कन एवं नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा सज्नु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय छ । ‘आएन परदेशी’ भिडियोलाई गायिका सज्नु न्यौपानेको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार