बैतडीका तीन स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा शुरु

बैतडी : बैतडीको सिगास गाउँपालिकामा रहेका तीन स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा शुरु भएको छ । पालिकाको गाँजरी स्वास्थ्यचौकी, शिवलिङ्ग स्वास्थ्यचौकी र थालाकाँडा स्वास्थ्यचौकीबाट अनलाइन चिकित्सकीय सेवा शुरु भएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनक धामीले बताए । 

प्रमुख  धामीका अनुसार सिगास गाउँपालिका र स्मार्ट हेल्थ ग्लोबलबीच भएको सम्झौता अनुसार अनलाइन चिकित्कसीय सेवा शुरु भएको हो । अनलाइन चिकित्सकीय सेवा अन्तर्गत चिकित्कसीय परामर्श, आवश्यक पे्रस्क्रिप्सन लगायतका सेवाहरु सञ्चालन हुने शिवलिङ्ग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरले जानकारी दिए ।  

Dengue

दुर्गम क्षेत्रका नागरिकलाई चिकित्सकीय सेवा प्राप्तिमा असहज भइरहेका बेला अनलाइनमार्फत प्राप्त हुने सेवाले नागरिकलाई सहज हुने ऐरले बताए । बिरामीहरुलाई अनलाइनमार्फत प्रत्यक्ष कुराकानीसहित उपचार सेवा प्रदान गर्ने गरिएको गाँजरी स्वास्थ्यचौकीका प्रमुख धामीले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार