उच्च अदालत, पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं : उच्च अदालत, पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। उनकाे बुधबार राति उपचारका क्रममा नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

रेग्मीकाे ६१ वर्षकाे उमेरमा निधन भएकाे हाे। उनलाई ब्रेन ट्युमर भएकाे थियाे। रेग्मीकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ। उनका श्रीमती र छोरी छन्।

Galaxy

उनको निधनको शोकमा उच्च अदालत पाटनले सबै कामकारबाही बिहीबार बन्द गर्ने जनाएकाे छ। पर्वत घर भएका न्यायाधीश रेग्मी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार