घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

डोटी : डोटीमा जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर रुपा साँउदको मृत्यु भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

SHIKHAR COOL TECH

भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार