भयावह बन्दै छाडा पशुचौपायाको समस्या, एक वर्षमा चौपायाका कारण १९ दुर्घटना, १८ घाइते, ५ जनाको मृत्यु

भक्तराज जोशी

कैलाली । कैलालीमा छाडा पशु चौपायाको समस्या भयावह बन्दै गएको छ । छाडा पशु चौपायाको संख्या बढ्दै जाने तर व्यवस्थापन शुन्य हुँदा समस्या झनै भयावह बनेको हो ।

त्यसैमाथि धनगढीको ६ लेन सडक बनेसंगै तिव्र गति र छाडा पशु चौपायाका कारण सवारी दुर्घटना झन् बढेका छन् ।

dashain shuvakamana
Discovery School

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले दिएको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्रै छाडा पशु चौपायाका कारण १९ सवारी दुर्घटना भएका छन् । जसमध्ये गत आर्थिक वर्षको साउन महिनादेखि असारसम्म १७ र चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २ सवारी दुर्घटना भएका छन् ।

उक्त दुर्घटनामा परेर पछिल्लो १ वर्ष (गत साउनदेखि हालसम्म) ५ जनाको ज्यान गएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । सोहि अवधिमा छाडा पशु चौपायाका कारण भएका सवारी दुर्घटनामा परेर २२ जना घाइते भएका छन ।

यो पनि पढ्नुहोस्:

त्यस्तै सोहि अवधिमा सवारी दुर्घटनामा परेर १५ चौपायाको मृत्यु भएको छ भने १६ चौपाया घाइते भएका छन् ।

दिनहुँजसो छाडा पशु चौपायाका कारण सवारी दुर्घटना हुँदा र नागरिक ज्यानैसम्म जाँदा पनि सम्बन्धित निकायले समस्या समाधानतर्फ खास्सै चासो भने देखाएको छैन । छाडा पशुचौपायाका कारण हुने दुर्घटना र हुन सक्ने थप क्षति न्युनिकरणमा ध्यान दिन जरुरि छ ।

यो पनि पढ्नुहोस् :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार