कैलाली । सौन्दर्यतामा गोदावरी नगरपालिकाले राम्रै खर्च गरेपछि अत्तरिया चोक व्यवस्थित र थप सुन्दर बनेको छ ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको गोदावरी नगरपालिकाले अत्तरिया चोकमा हाइमाइष्ट लाइट, वाटर फाउण्टिङ्ग, डिस्प्ले बोर्ड र सौन्दर्यताका थापा सामाग्री जडान गरेसंगै अत्तरिया चोक थप सुन्दर बनेको छ ।
अझ अत्तारियाको सौन्दर्यता दिउँसो भन्दा रातको समयमा देखिन्छ । झिलिमिली सडक, वाटर फाउण्टिङ्गको स्पष्ट दृश्य र डिस्प्ले बोर्डले गर्दा अत्तारिया चोक रातीमा सुन्दर देखिन्छ । अझ त्यही सौन्दर्यतामा रमाउन आउने नागरिकको चहलपहलले अत्तरिया सुन्दरसंगै रमणीयसमेत बनेको छ । तस्वीरमा हेर्नुस् अत्तारियाको सौन्दर्यता:
प्रतिक्रिया दिनुहोस्