सार्वजनिक सवारी साधनमा अपाङ्गताका समस्या सहजीकरण गरिने ट्राफिक प्रहरीको भनाई !

धनगढी : अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताउनुभएको छ ।

सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा बुधवार ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले यस्तो बताउनुभएको हो । 

Dengue

छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परेको बताउनुभयो । 

 अहिले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानुनको कार्यान्वय गर्न गराउन प्रशासनको दायित्व भन्दै ट्राफिक प्रहरीसँग समन्वय गर्न लगाउनुभएको अध्यक्ष साउदको भनाइ थियो । 

छलफलमा क्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि प्रहरी सजग रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सवारी साधनमा सहज यात्रा गर्न र राज्यले दिएका सुविधा कार्यान्वयन गर्न गराउनका लागि प्रदेशका नौवटै जिल्लामा सर्कुलर गरिने बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार