जिल्ला अस्पताल बैतडी स्तरोन्नतीको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

  धनगढी : जिल्ला अस्पताल बैतडी स्तरोन्नतीको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई बुधबार पाँच बुँदे ज्ञापन पत्र बुझाएको सामाजिक अगुवा महेशदत्त भट्टले बताए ।

५० वर्ष पहिले स्थापना भएको अस्पतालले अहिलेसम्म विशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गरिएको उनले बताए । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा र दरबन्दी अनुसारका चिकित्सक नहुँदा नागरिकले सीमावर्ती भारतीय क्षेत्रमा गएर उपचार गराउनुपर्ने बाध्यता रहीआएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए ।

Dengue

अस्पतालसँग भौतिक संरचना भएपनि दरबन्दी अनुसार चिकित्सक अहिलेसम्म पदपूर्ती हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनेपछि बजेट निर्माणको काम भइरहेकाले अस्पतालको समस्या समाधानका लागि पहल होस् अभियान नै सञ्चालन गरिएको भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार