सेती प्रादेशिक अस्पतालको एमआरआई सेवा २ महिनामै अवरुद्ध

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पतालको एमआरआई सेवा २ महिनामै अवरुद्ध भएको छ । १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा सञ्चालनमा आएको २ महिनामै अवरुद्ध बनेको हो ।

दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य छन् । सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन् ।

Dengue

गत जेठ १३ गतेबाट एमआरआई सेवा सुरु भएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर शेरबहादुर कमरले साउन १४ गतेदेखि एमआरआई मेशिनमा समस्या आएको बताए । उनले मेशिन बिग्रेकोबारे सप्लायर्सलाई जानकारी गराइसकेको बताए । एमआरआई सेवा बन्द गरिएको विषयमा अस्पतालले सूचना नै जारी गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार