रातो गुँरास रिसोर्ट सञ्चालनमा ल्याउने प्रमोद जोशीको निधन

डडेल्धुरा : डडेल्धुरामा पहिलोपटक रिसोर्ट खोल्ने अवधारणासहित रातो गुँरास रिसोर्ट सञ्चालनमा ल्याएका प्रमोद जोशीको निधन भएको छ । ५३ वर्षको उमेरमा उनको भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले बताएको छ । 

डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यापरिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । हिजो कार्यालयका लागि जानेबेला उनलाई ह्रदयघात भएको बताइएको छ । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ । इञ्जिनियरसमेत रहेका उनले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए । 

Dengue

एक दशकअघि उनले सदरमुकामकै कुकुलेकमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका थिए । हाल उक्त रातो गुँरास रिसोर्टमा उनको १५ प्रतिशत शेयर रहेको थियो । उनको निधनको खबरले जिल्लावासी स्तब्ध भएका छन् । हिजो मात्रै उनले ‘इख नभएको मानिस र बिख नभएको सर्पलाइ कोही’ टेर्दैन भन्दै आफ्नो फेसबुकमा पोष्ट साझा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार