नेप्से ३४ अंकले बढ्यो !

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३४.२९ अंकले बढेर २ हजार ९ सय ५७.७५ अंकमा बन्द भएको छ । मंगलबार करिब ८ अंकले घटेको नेप्सेमा बुधबार ३४ अंकभन्दा धेरैले बढेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घट्यो, बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन २ लाख ४४ हजार १९ वटा कारोबारबाट ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर किनबेच भए ।

Dengue

ती किनबेचमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बिमा, लुघवित्त र सामुहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार