दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिकाको प्रमुख धार्मिकस्थल सुर्माभवानी मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रसिंह साउँदले बताए ।
सार्वजनिक बिदाको दिन पालिकाभित्रका सार्वजनिक, सरकारी तथा गैरसरकारी कार्यालयलगायत शैक्षिक संस्थाहरु बन्द रहनेछन् । यो जात्रा अपिहिमाल गाउँपालिका र बझाङको सुर्मा गाउँपालिकामा विशेष रुपमा मनाइने गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्