डडेल्धुरा : डडेल्धुराको एक सामुदायिक वनमा मंगलबार राति मोटरसाइकलमा आगलागी भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका–४ खालिस्थित सेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा आगलागी भएको हो । आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ ।
उक्त मोटरसाइकलको नम्बर खुल्न सकेको छैन । चोरीको मोटरसाइकल हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्