फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश

काठमाडौं : फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएका उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ । यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका केही कलाकारका लागि निर्माण पक्षले अडिसन खुलाएको छ । 

Dengue

निर्देशक सिमोसका अनुसार कलाकार छनोटको काम केही दिनमा सुरु हुनेछ । अडिसनमा सहभागी हुन करिब ४ सयले आवेदन दिएको उनको भनाइ छ । कमेडी जनरामा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोसको लगानी रहनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार