कालिमाटीमा आज धेरैजसो तरकारीको भाउ बढ्यो !

काठमाण्डौ  : काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ । आज टाटे सिमी, रायो साग, घिरौला, भिण्डीलगायतका तरकारीको भाउ बढेको हो ।

हिजो किलोको ८५ रुपैयाँ रहेका टाटे सिमीको भाउ आज ४१ रुपैयाँले बढेर किलाको एक सय २६ रुपैयाँ पुगेको छ । त्यस्तै रायो सागको भाउ पनि आज किलोमा २८ रुपैयाँ बढेको छ । हिजो ८५ रुपैयाँ रहेको रायो सागको भाउ आज किलोमा २८ रुपैयाँले बढेर किलोमा एक सय १३ रुपैयाँ पुगेको छ ।

Dengue

आज भिण्डी र घिरौलाको भाउ भने किलोमा समान २१ रुपैयाँले बढेको छ ।   हिजो किलोको ३५ रुपैयाँ रहेको भिण्डी र घिरौला भाउ आज किलोमा २१ रुपैयाँले बढेर किलोको ५६ रुपैयाँ पुगेको छ । तर आज जिरीको सागको भाउ केही घटेको छ । हिजो किलोमा एक सय ७६ रुपैयाँ रहेको जिरीको साग आज किलोमा ८० रुपैयाँले घटेर किलोको ९६ रुपैयाँमा झरेको छ ।

त्यस्तै ब्रोकाउली पनि भाउ पनि आज किलोमा ७४ रुपैयाँले घटेको छ । हिजो दुई सय १० रुपैयाँ रहेको ब्रोकाउली आज ७४ रुपैयाले घटेर एक ३६ रुपैयाँमा झरेको छ । त्यस्तै तने बोडीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो एक सय १० रुपैयाँ रहेको तने बाडी आज २० रुपैयाँले घटेर किलोको ९० रुपैयामा झरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार