किन हुन्छ कब्जियत ? कसरी बच्ने ? जानी राख्नुहोस !

काठमाडौं । कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक स्वास्थ्य समस्या हो । अथवा सरल भाषामा भन्नुपर्दा दिसा हुन कठिनाइ हुने, दैनीक रूपमा नहुने जस्ता समस्याहरू देखा पर्दछन् ।

कब्जियत हुने थुप्रै कारणहरू रहेका छन् । कतै तपाईँले यी गल्तीहरू गरिरहनु भएको त छैन ? जसले तपाईँलाई कब्जियतको समस्या निम्त्याएका हुनसक्छ ।

Dengue

–सामान्यतया हप्तामा ३ पटकसम्म दिशा भएको अवस्थालाई सामान्य मानिन्छ । यदि कसैलाई हप्तामा ३ पटकसम्म दिसा भएन भने कब्जियत भएको भनेर बुझ्नपर्छ ।

–मोटो आन्द्रामा दिसा बन्छ । कहिलेकाहीँ मोटो आन्द्रा नै अल्छी भइदिन्छ । हामीले खाएको खाना पचेर आएको घोल आन्द्रामा आउँछ । यसर्थ आन्द्राको मुभमेन्ट कम भयो भने दिसा आउँदैन ।

–सही तरिकाले दिसा गर्न नजान्दा पनि कब्जियत हुन्छ । थाइराइडको मात्रा कम भएको अवस्था, मलद्वारमा पोलिभ भएमा, आन्द्रामा क्यान्सर भएमा पनि कब्जियत हुनसक्छ ।

–कब्जियत हुन नदिन पानी र फाइबर निकै महत्त्वपूर्ण मानिन्छ । जाडोमा दिसा गर्न जान अल्छी गरेर, च्यापेर बस्ने बानी पनि कतिपयको कारण हुन्छ । यस्तो बानीले कब्जियतको समस्या देखिन्छ । समयतालिका बनाएर दिसा गर्ने बानी बसाल्नुपर्छ ।

बच्ने उपाय

–कब्जियतबाट जोगिन नियमित व्यायाम, रेसादार खानेकुरा खानुपर्छ ।

–बिहान उठ्ने बित्तिकै नित्य क्रिया वा दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ । दिसा लाग्दालाग्दै च्यापेर बस्दा पछि कब्जियत हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार