अमेरिकाको टर्नर फल्समा डुबेर एक नेपाली युवकको मृत्यु, एक युवती गम्भीर घाइते

एजेन्सी : अमेरिकाको टर्नर फल्समा डुबेर एक जना नेपाली युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् । अमेरिकाको ओक्लोहामास्थित टर्नर फल्समा पौडी खेल्ने क्रममा रुपन्देहीको मणिग्रामका एक युवकको मृत्यु भएको छ भने झापाकी एक युवती गम्भीर घाइते भएकी छिन् ।

घटनामा परी मणिग्रामका कोशल पराजुलीको घटनास्थलमै निधन भएको जनाइएको छ भने झापाकी सुरक्षा घिमिरेको गम्भीर रुपमा टेक्सोमा मेडिकल सेन्टरको आईसीयूमा उपचार भइरहेको जनाइएको छ । डालासमा बस्दै आएका पराजुलीको दाहसंस्कार परिवारसँगको समन्वय गरिने जनाइएको छ । उनीहरु डालासबाट ओक्लोहामा जाने क्रममा पौडी खेल्दा उक्त घटना घटेको जनाइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार