एक सातादेखि धर्नामा बसिरहेका दलित अभियन्ता सुनारलाई प्रहरीले नियन्त्रणमा लिए !

धनगढी : बित्थडचिर प्रवासी दलित एकता समाज भारतले दलितका लागि दलित अभियानका संयोजक तथा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बित्थडचिर प्रवासी दलित एकता समाज केन्द्रीय समिति भारत का अध्यक्ष शेर सिंह बिकले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

काठमाडौँको माइतीघर मण्डलमा एक सातादेखि धर्नामा बसिरहेका दलित अभियन्ता सुनारलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। फलामको साङ्लो बाँधेर प्रतीकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले बानेश्वरबाट नियन्त्रण लिएको थियो।

Dengue

सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित समुदायलाई बेवास्ता गरेको भन्दै सुनारले बुधवारदेखि माइतीघरमा धर्ना दिँदै आएका थिए। ‘दलितलाई खै?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। १४ प्रतिशत जनसङ्ख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ। वित्थड चिर प्रवासी दलित समाज केन्द्रीय समिति भारतका प्रवक्ता सुशील ओखेडाले जानकारी दिनुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार