सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

दाङ : दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

Dengue

सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार