जापानमा मृत्यु भएका अवस्थीका परीवारलाई आर्थिक सहयोग

धनगढी : बैतडीको पाटन नगरपालिका–३ घर भई जापानमा मृत्यु भएका जनक प्रसाद अवस्थीका परीवारलाई आर्थिक सहयोग गरीएको छ ।

सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवले आर्थिक संकलन गरेर उनका परीवारलाई सहयोग गरेको हो । म्यासेन्जर व्वाइज ग्रुवका सदस्य कुल बहादुर रावलले आर्थिक सहयोग अभियान सन्चालन गरी संकलन गरीएको १ लाख ६६ हजार रकम उनका वुवाको खातामा जम्मा गरीएको बताए । 

Dengue

साथै आर्थिक सहयोग अभियान जोडीएर सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान सकीएको समेत घोषणा गरेको छ । 
सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवले जापानमा समस्यामा परेका सुदूरपश्चिमेलीहरुलाई सहयोग गर्दै आएको छ ।  
पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको थियो । 

अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तको भनाई छ । 

साथीहरुसँग नुहाउन समुद्री किनारमा गएका अबस्थीको त्यही डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार