सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज बुधबार विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

साउन २० गते नियुक्त भएका मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार नै प्रदेशसभा सचिवालयमा पठाइएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाउन कम्तिमा २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

Dengue

पछिल्लो सत्ता समीकरणमा रहेका कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीसहित प्रदेशसभामा ३६ जना सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार