अत्तरियामा रहेको कृषि उपज थोक हाटबजार परिषरमा विरुवा रोपिए !

धनगढी : कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक हाटबजार परिषरमा विरुवा रोपिएको छ । मंगलबार कृषि उपज थोक बजार समितिले बजार परिषरमा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।

कृषि उपज थोक बजार समितिका अध्यष नन्दलाल भट्टले कृषि हाटबजारभित्र पर्यावरणलाई सहयोग गर्न विभिन्न जातका विरुवाहरु रोपिएको बताए । उनले समी, धुप, बाह्रमासे फुल लगायतका विरुवाहरु रोपि हाटबजार भित्र मिनि बगैचाको संरचना निर्माण गरिने बताए ।

dashain shuvakamana
Discovery School

उनले हाटबजार भित्र प्रवेश गर्न व्यापारीहरुलाई देख्नमा पनि आर्कषक देखिने गरी करिब ४०० विरुवाहरु रोपिने बताए ।त्यसअघि एक औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष नन्दलाल भट्ट को सभापतित्वमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले हाटबजारका समस्याहरुका बारेमा नगरपालिका सहयोगका लागि तत्पर रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार