बैतडीको पाटन नगरपालिकामा डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी

बैतडी : बैतडीको पाटन नगरपालिकामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी छ । स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि सञ्चालन गरेको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले निरन्तरता दिइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

लामुखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले यसको नियन्त्रणका लागि लामखुट्टेको लार्भा हुन सक्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान जारी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए । वडा नम्बर ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीले र वडा नम्बर ९ स्थित टकरे आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा क्षेत्रभित्र लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको जनाएको छ ।

Dengue

पाटनमा यो महिनामात्रै अहिलेसम्म ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने एक जनामा मलेरिया र ५६ जनामा स्क्रब टाइफस पुष्टि भएको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार