सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त

धनगढी : सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त रहेको छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त रहेको छ। बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ।

निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति सार्वजनिक गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका सुदूरपश्चिममा पाँच वटा पद रिक्त रहेको बताएको हो। निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहहरूका पदका लागि निर्वाचनको तयारी थालेको हो। आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारीमा रहेको बताएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप निर्वाचनको मिति तोक्ने हुन्छ।

Dengue

उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी थालेको बताएको छ। मतदाता नामावली ऐन,२०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही कारणले नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आयोगले भनेको छ। नेपालमा ३४ पद हालसम्म रिक्त रहेका आयोगले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार