मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला

विराटनगर : मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको  हो ।

योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले  छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षीय जंगली हात्ती मृत फेला परेको थियो ।

सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार आज मृत भेटिएको पोथी छावा अनुमानित २–३ वर्षको देखिन्छ । छावाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पुगेपछि मृत भेटिएको छावाको पोष्टमार्टम हुनेछ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०–१२ वटा हात्ती देखा परेको थिए ।  एकसाता यता बेलबारी आसपासमा जंगली हात्तीको बथान देखिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार