सरकारलाई हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गर्दै : सांसद गौतम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन  माग गरिन् । 

ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ। अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो । तर अलपत्र भएको छ ।

Dengue

उनले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गरिन् । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै उनले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गरिन् । उनले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग गरिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार