प्रधानमन्त्री ओलीको कामप्रति सन्तुष्टि व्यक्त गर्दै : गगन थापा

काठमाण्डाै : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा महामन्त्री थापाले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको टिप्पणी गर्नुभएकाे हाे । उहाँले मन्त्रीहरूलाई भने दुई वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताउनुभयो । 

Dengue

महामन्त्री थापाले कामका आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताउनुभयो । उहाँले मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिनुभयो । सरकारका मन्त्रीहरूलाई काम गर्नका लागि आफूले सधैँ साथ दिने महामन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरूले शुरुमा खादामाला लगाउनुभएको भए पनि बिस्तारै बिस्तारै कार्ययोजनाहरू बनाई राख्नुभएको छ । याे २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समयभित्र धेरै गर्न सकिन्छ ।’

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरूले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तीव्रता दिनुपर्ने बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार