बैतडीबाट काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बित्यो !

बैतडी : सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ ।

जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन ।  करिब १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ । 

Dengue

बैतडीबाट सिधै काठमाडौँ जाने यात्रु नभएका कारण बस सेवा बन्द गरिएको महाकाली यातायात काउन्टरका दानसिंह थापाले बताउनुभयो । त्यस्तै पाटनमा रहेको विमानस्थल कालोपत्रेपछि २०७७ साल असोजमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि एक दिन विमान उडे पनि त्यसपछि भने सुनसान बनेको छ ।

स्थानीय वसन्त विष्टले हवाई सेवा बन्द हुँदा आकस्मिक उद्धार तथा हवाई सेवाबाट जिल्लावासी वञ्चित भएको बताउनुभयो ।  महाकाली अञ्चलको पुरानो सदरमुकामसमेत रहेको पाटन विमानस्थल पहाडी सम्पर्क केन्द्रका रूपमा परिचित रहेको थियो । देशका १० वटा नयाँ सहरमध्ये पाटनमा पनि नयाँ नमुना सहर आयोजनाको कार्यालय स्थापना भएको छ ।

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले राज्यले करोडौँ रुपियाँ खर्च गरेर बनाएको विमानस्थलमा हवाई सेवा नियमित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी स्वामित्वका एयरलाइन्स सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने बताउनुभयो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार