आफ्नै ससुराको ह*त्या अभियोगमा एक जना युवक पक्राउ

पर्सा : पर्सामा आफ्नै ससुराको ह*त्या अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको ह*त्या अभियोगमा उनकै ज्वाइँ वीरगन्ज-१० प्रगति टोल बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ पक्राउ परेका हुन् ।

Dengue

प्रहरीका अनुसार उनीहरूबिच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले उनलाई सोमबार पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार