प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक

काठमाडौं : हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ ।

अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ ।

Dengue

अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत बजारमा देख्न पाइन्छ । मौलिकतामा आधारित तीज गीतको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको प्रकाश शाहीको तीज गीत ‘पीर’ सोमबार सार्वजनिक भएको  छ ।

गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो प्रकाश शाही युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।

शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।

यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार