मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि

एजेन्सी : मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने यो पहिलो पटक हो ।

Dengue

नासाको अन्तरिक्षयान मार्स इनसाइट ल्याण्डरले सन् २०१८ देखि २०२२ सम्म मङ्गल ग्रहको भित्री भाग अध्ययन गरेर सङ्कलन गरेको तथ्याङ्क अनुसार त्यहाँँ पानीको भण्डार भएको पुष्टि भएको वैज्ञानिकले बताएका छन् । ल्याण्डरले सिस्मोमिटर प्रयोग गरेर अनुसन्धान गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार