रुखकटहरको दाना यसै नफ्याँक्नुहाेस्? बदाम भन्दा बढी पोषण पाइन्छ !

काठमाडौं : गर्मीयाम सुरु हुने बित्तिकै रुखकटहरको सिजन सुरु हुन्छ। पाकेको रुखकटहर वर्षाको दिनमा पाइन्छ। रुखकटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रुखकटहर, काँडेफल आदि। संसारका फलहरू मध्ये सबैभन्दा ठुलो फल कटहरको हो।

रुखकटहरलाई पाकाएर र यसको काँचो फललाई तरकारीको रूपमा प्रयोग गरिन्छ। रुखकटहरलाई आधिकारिक रूपमा बङ्गलादेशको राष्ट्रिय फलको रूपमा निर्धारण गरिएको छ भने यसलाई बङ्गाली समाजमा रुखको भाँडो पनि भनिन्छ।

Dengue

रुखकटहरको फलको बाहिरी भाग बाक्लो र काँटेदार हुन्छ भने यसको भित्री भागमा कोयाहरू हुने गर्दछन् । जब रुखकटहर पाक्छ, यो मीठो र अधिक रसदार हुन्छ। यसको दाना मोटो हुन्छ र सजिलै हटाउन सकिन्छ।

कतिपय मानिसले पाकेको रुखकटहरको दाना बाहिरको फल खाएर यसको दानालाई यसै निकालेर फालिदिन्छन् । तर तपाईलाई थाहा छ जसलाई तपाईले फोहोर सम्झेर फाल्नु हुन्छ त्यो दानामा पनि बादाम जत्तिकै पोषक तत्व पाइन्छ।

यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको दानामा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ। यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ।

रुखकटहरको दाना कसरी प्रयोग गर्ने ?
रुखकटहरको दाना धेरै तरिकामा प्रयोग गर्न सकिन्छ। तपाईंले यी बीउहरूलाई उमालेर बोक्रा हटाएर खान सक्नुहुन्छ। कतिपयले रुखकटहरको बीउबाट तरकारी बनाएर खान्छन् । उमालेको रुखकटहरको दानालाई घिउमा नुन हालेर भुलेर पनि खान सकिन्छ । यी बीउहरू खान धेरै स्वादिष्ट हुन्छन्।

रुखकटहर दाना को लाभः
हेमोग्लोबिन बढाउँछ – रुखकटहरको दानामा प्रशस्त मात्रामा आइरन हुन्छ । यी दानाको सेवनले शरीरमा हेमोग्लोबिन बढ्न थाल्छ । शरीरमा रातो रक्त कोशिका बढेपछि रगतको मात्रा पनि बढ्न थाल्छ ।

शरीरलाई ऊर्जा मिल्छ– रुखकटहरको दाना खाँदा शरीरलाई ऊर्जा मिल्छ । यसबाट शरीरमा भिटामिन बी को कमी पूर्ति गर्न सकिन्छ। रुखकटहरको दानाले कोशिकाहरूलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यमा सुधार गर्न मद्दत गर्छ।

पाचनका लागि राम्रो– रुखकटहरको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले गर्दा पेट तथा पाचन सम्बन्धी समस्याहरु हट्छन् । यसले मेटाबोलिजम र आन्द्रालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका अलावा रुखकटहरको दाना छाला र कपालका लागि पनि लाभदायक साबित हुन्छ ।

मोटोपना घटाउँछ– रुखकटहरको दानामा धेरै मात्रामा प्रोटिन हुन्छ। यी खाँदा लामो समयसम्म भोक लाग्दैन । रुखकटहरको दाना आहारमा समावेश गर्नको लागि एक स्वस्थ विकल्प हो। यसले तपाईको पेट लामो समयसम्म भरिएको महसुस गराउँछ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ– रुखकटहरको दाना खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई नयाँ भाइरससँग लड्न सक्षम बनाउँछ। रुखकटहरको दानामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार