सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० गते विश्वासको मत लिन लागेका हुन ।

सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

Dengue

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।

विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११, नेकपा एकिकृत समाजवादी पार्टिका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार