शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ

धनगढी : धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको छ ।

गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए ।ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि  बिहीबार उनको खोजी गरिएको थियो । प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकैको कोठामा  फेला पारेको थियो ।

Dengue

गिरीको साथबाट चाँदीका गरगहना बरामद गरिएपनि सुनका गरगहना भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । गिरीमाथि अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी फुटेको आधारमा गिरीको पहिचान गरेको थियो ।यसअघि हसनपुरमा बस्दै आएक एक जना डाक्टरको घरमा चोरी गरेको मुद्दामा पनि गिरी पक्राउ परेका थिए । उनी कैलाली कारागारबाट कैद भुक्तान गरि हप्तादिन अघि मात्र छुटेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार