वनको च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

रुपन्देही : वनबाट ल्याएको च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् ।

रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ बनबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन् । रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका हुन् ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा च्याउ खाएर बिरामी परेका हुन् ।

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार